काठमाडौं- अस्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रणका लागि खटिएका स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु भएको छ।

न्यू साउथ वेल्स र भिक्टोरिया राज्यको सीमा क्षेत्रमा खटिएका एक स्वयमसेवी अग्निनियन्त्रकको आइतबार मृत्यु भएको न्यू साउथ वेल्स ग्रामीण अग्निनियन्त्रण सेवा (आरएफएस) ले बताएको छ ।

शक्तिशाली हावा चलेका कारण अप्रत्यासित रुपमा ती अग्निनियन्त्रक डढेलोमा परेको आरएफएसले जनाएको छ ।

मृत्यु हुनेमा २८ वर्षका सामुएल म्याकपउल रहेको र उनीको हाल विवाह भएको जनाइएको छ । उनी पहिलो सन्तानको पिता बन्दै थिए ।

म्याकपउलको घटनास्थलमै मृत्यु भएको हो । ट्रकका चालक सामान्य घाइते भएका छन् । अप्रत्याशित रुपमा आएको तीव्र गतिको हावाले उनीहरु रहेको १० टनको ट्रक पल्टाएको थियो ।

गएको सेप्टेम्बरमा अस्ट्रेलियामा डढेलोको समस्या शुरु भएयता १० जनाको मृत्यु भएको छ । डिसेम्बरको सुरुमा सिड्नी निजिकै डढेलो निभाउन खटिएका दुई स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया