विराटनगर । मोरङ व्यापार संघले २ हजार भारतीय नागरिकको नाम दर्ता गरेको छ ।

भारतिय राजदुतावास काठमाण्डौंको आग्रहमा मोरङ व्यापार संघले आफनो सचिवालयमा कन्सुलर क्याम्प मार्फत झण्डै २ हजार जना नागरिकहरुको नाम दर्ता गरेर भारतीय राजदुतावासलाई बुझाएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।

तीन दिने रजिष्ट्रेशन क्याम्पमा लगभग २ हजार ५ सय भारतीय नागरिकहरुको आवेदन परेतापनि आज अन्तिम दिन करिव २ हजार जना नागरिकहरुको नाम दर्ता गरेको मोरङ व्यापार संघका अध्यक्ष मुन्दडाले बताए ।

यस अघि मोरङ व्यापार संघकै पहलमा २०७५ पौषमा आयोजित एक दिने क्याम्पमा विराटनगरमा कार्यरत तथा अध्ययनरत करिब ५सय भारतीय नागरिकहरुले दर्ता प्रमाण–पत्र गरेका दिए ।

तपाईको प्रतिक्रिया