बर्दिया पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका २ मा ट्रक पल्टिँदा ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान करिब ५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको बर्दियाका एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।उनका अनुसार दुर्घटनाका मृतकमध्ये मिनबहादुर शाहीको मात्र पहिचान खुलेको छ ।

तपाईको प्रतिक्रिया