इटहरी / माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिकल कलेजमा स्टाफ नर्सकाे कक्षा सकेर घर फर्कदै गरेकी किशाेरी बिच बाटाेबाटै अपहरणमा परेकाे खुल्न आएकाे छ । मंगलबार मध्यराती १ बजे धरानकाे जिराेपाेइन्ट देखि शय मिटर पर एक्लै अवस्थामा प्रहरीले फेला पारेपछि यस्ताे खुलेकाे हाे । किशाेरीका अनुसार उनि बिराटनगरस्थित नाेबेल मेडिकल कलेजमा स्टाफ नर्सकाे कक्षा सकेर फर्कदै गर्दा इटहरीबाट अपहरणमा परेकाे बताएकि छिन ।

तरहरा घर भएकि उनले इटहरीमा एक म्याजिक भेन संग लिफ्ट मागेर चढेकि तर संगै रहेका अपरिचित युवकले के सुघाए पछि आफु बेहाेस भएकाे हाेस खुल्दा धरान कटिसकेकाे प्रहरी समक्ष बताएकि छिन । उनले जिराेप्वाइन्ट माथी रहेकाे जंगलमा पुर्याएर याैन दुर्व्यवहार गर्न खाेजेपछि भागेकाे बताइएकाे छ ।

मध्यरातकाे १ बजे भेटिएकि उनकाे कपडा च्यातिएकाे र शरिरकाे बिभिन्न भागमा चाेट देखिएकाेले तत्काल उपचारकाे लागि बिपि प्रतिष्ठानमा भर्ना गरिएकाे इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीले बताए । घटनाकाे बिषयमा अनुशनधान सुरू भइसकेकाे र अपहरण गरेर ल्याउने गाडीको खोजी भइरहेको प्रहरी निरक्षक ओलीले बताए ।

तपाईको प्रतिक्रिया