काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बुधबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता भएको जानकारी दिएका हुन् ।

टेलिफोन सम्वादमा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान भएको प्रधानमन्त्री ओलीको भनाई छ । बुधबारदेखि अंग्रेजी पात्रो अनुसारको नयाँ वर्ष सुरु भएको छ । यस्तै बुधबारदेखि नै नेपाल भ्रमण वर्ष पनि सुरु हुँदैछ ।

सो सन्दर्भमा ओलीले मोदीलाई टेलिफोन गरेका हुन् । यस्तै सीमाको विषयलाई लिएर विवाद भइरहेका बेला नेपालले भारतसँग वार्ताका लागि मध्य जनवरीको मिति प्रस्ताव गरेको बताइएको छ ।

ओली र मोदीबिचको टेलिफोन वार्ता शुभकामना आदानप्रदानको औपचारिकताका लागि मात्रै भए पनि विवादको परिवेशषमा भएको सो टेलिफोन वार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया