सातदोबाटोमा एक सवारीचालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएको छ ।

चालकको साथबाट नै शंकास्पद लाइसेन्स भेटिएपछि नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय रहेको पाइएको हो ।

उक्त बिषयमा प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेसँगै नक्कली स्मार्ट लाइसेन्स वितरण गर्ने गिरोह सक्रिय रहेको खुलेको हो ।
चालकको साथबाट भेटिएको उक्त लाइसेन्सको अनुसन्धानका क्रममा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथले लाइसेन्स नक्कली भएको प्रमाणित र्गयो ।

त्यसपछि सुरू भएको विस्तृत अनुसन्धानका क्रममा न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई पक्राउ गरिएको स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया