काठमाडौं / सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गर्ने तयारी गरेको छ। हाल सवारी नियम मिच्नेलाई न्युनतम ५०० र अधिकतम पाँच हजार रुपैयाँ जरिवाना गराउने प्रावधान छ। सरकारले अब न्युनतम दुई हजार र अधिकतम एक लाख रुपैयाँसम्म पुर्‍याउने तयारी गरेको छ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनलाई परिमार्जिन गर्दै सवारी नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गराउने तयारी गरेको हो। आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया