सिड्नी । सेप्टेम्बरदेखि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । यसले अष्ट्रेलिया सरकारलाई गम्भिर चुनौती दिइरहेको बेला प्राकृतिक सहयोगले अलिकति भने पनि राहत मिलेको बताइएको छ ।

अष्ट्रेलियामा पानी परेको छ । त्यस्तै ४६ डिग्रीसम्म पुगेको गर्मीमा पनि कमी आएको छ ।

मिडिया रिपोर्टका अनुसार आइतबार तथा सोमबार पानी परेका कारण डढेलो नियन्त्रणका लागि केही सहज वातावरण बनेको छ ।

तर, अधिकारीहरुले भने अष्ट्रेलियाको डढेलो नियन्त्रणका लागि यो वर्षाले खासै केही नहुने बताएका छन् ।

सिड्नी, मेलबर्न लगायत केही स्थानमा पानी परेको हो ।

डढेलोका कारण करोडौँ जनावरहरुको ज्यान गएको छ भने हजारौँ मानिसहरु विस्थापित भएका छन् । हालसम्म डढेलोका कारण १८ जनाको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया