काठमाडौं । १७० जना यात्रुसहित उडेको विमान गणतव्यमा पुग्ने वित्तिकै दुर्घटनाग्रस्त भएको छ । जानकारी अनुसार बोइ–७३७ विमान इरानको राजधानी तेहरानको इमाम खोमेनी विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । इरान फारस न्यूज एजेन्सीका अनुसार युक्रेन एयरलाइन्सको विमान प्राविधिक समस्याका कारण टेक अफ भएपछि दुर्घटनाग्रस्त भएको भनिए पनि पुर्ण जानकारी आइसकेको छैन ।

इरानका सरकारी सञ्चारमाध्यमहरूले युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको जनाएका छन् । दुर्घटनापछि चार वटा हेलिकप्टर र दर्जन बढी एम्बुलेन्स उद्धारमा खटिएका थिए । तर जहाजमा आगो लागेकाले कसैलाई पनि जिवित फेला पार्न सकिएको छैन ।

इरानमा रेडक्रसको काम गर्ने इरान रेड क्रिसेन्टले दुर्घटनामा कोही बाँच्ने सम्भावना नरहेको बताएको समाचार संस्था एएफपीले जानकारी दिएको छ । सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका भिडिओमा उक्त जहाज हल्लिँदै आएर जमिनमा बजारिएको देखिन्छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार जहाजमा रहेका सबैको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया