एजेन्सी । आपत्कालिन अवतरणका लागि उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन् ।

लस एन्जेलस अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खसेको थियो । मानस्थलबाट २६ किलोमिटर पर रहेको पार्क एलिमेन्टरी स्कूलका दुई वटा कक्षाका विद्यार्थीहरुहरुमाथि खसालिएको इन्धन परेको थियो ।

इन्धनका कारण विद्यार्थी र केही युवाहरुमा श्वासप्रश्वास तथा छालाको समस्या देखिएको छ । अमेरिकाको फेडेरल एभिएसन एड्मिनिस्ट्रेशन(एफएए) ले घटनाबारे छानबीन भइरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया