इनरुवा । प्रदेश १ कै प्रमुख तरकारी उत्पादन केन्द्रको रुपमा रहेको सुनसरी सदरमुकामका उपभोक्ताहरु तरकारी किनेर खान नसक्ने अवस्थामा पुगेका छन ।

केही समय अघि आएको बाढी पछि स्थानीय तरकारीको मुल्य एकै पटक पाँचसय प्रतिसतसम्म बढेपछि त्यस्तो अवस्थाको सृजना भएको छ ।

असार साउन महिनामा आएको पानीले तरकारी बाली लगाएको खेतवारी डुवानमा परे पछि सुनसरीमा तरकारीको मुल्यमा आकासिएको हो ।

वर्षा सगै आएको बाढीका कारण जलमग्न भएको तरकारी वारीमा लगाईएका तरकारी पहेलो हुँदै मर्न थालेपछि सुनसरीको तरकारी पकेट क्षेत्रमा उत्पादन हुने तरकारी बालीमा क्षति पुगेकोले मुल्य अप्रत्यासित रुपमा बढेको छ ।

वर्षा पछि मुल्य बृद्धी हुँदा उपभोक्ताहरुले तरकारी खरिद गरेर उपभोग गर्न समस्या हुन थालेको छ । हाल बजारमा बोडी अस्सी रुपैयाँ केजी, घिरौला, ७० रुपैया केजी, परवल ८० रुपैयाँ केजी, भिण्डी ७० रुपैयाँ केजी, हरियो

खोर्सानी दुई सय रुपैया केजी, पाकेको फर्सी ८० रुपैयाँ केजी, हरियो सागहरु एक सय रुपैयाँ केजी, टमाटर एक सय रुपैयाँ केजी मुल्य रहेको छ ।
साउन महिनाको सुरुवातदेखि निरन्तरको वर्षाले लगाइएका

तरकारीवालीलाई नोक्सानी पु¥याउदा किसानबाट खरिद गर्दा महगों पर्ने गरेको कारण तरकारीको मुल्य बढेको व्यापारीहरु वताउँछन ।

सुनसरीमा पहाडि क्षेत्रबाट आउने तरकारी इनरुवासम्म ल्याउदा ढुवानी मुल्य धेरै हुने भएकाले उपभोक्ताहरुलाई बिक्री गर्दा महंगो हुने व्यापारीहरु बताउछन ।

सुनसरीका साप्ताहिक बजारमा किसानहरुले ल्याउने तरकारी समेत धेरै आउन छाडेकाले चार गुना बढी मुल्य हालेर हाल बजारमा तरकारी खरिद गर्नु पर्ने अवश्था आएको गुनासो उपभोक्ताहरुले गरेका छन ।

तरकारी उत्पादनमा देशमै अग्रणी स्थानमा रहेको सुनसरीमा समेत वर्षाको कारण तरकारी उत्पादनमा हस आएको तथा उत्पादित हरियो

तरकारीबालीमा क्षति पुगेको कारण समेत तरकारीको मुल्य बढेको पाइन्छन । सुनसरीमा उत्पादित तरकारीहरु काठमाडौ लगायतका विभिन्न शहरहरु सम्म पुग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया