सुनसरीको दुहबीमा जारि दोश्रो मेयरकप फूटबल प्रतियोगिता को शुक्रबार भएकोे फाइनल खेलमा दुहबी वडा नम्वर १० ले दुहबी वडा नम्वर ११ लाइ ट्राइबेकरमा ३–१ गोल अन्तरले पाखा लगाउँदै मेयर कपको उपाधी चुमेको छ ।

निर्धारित समय ८० मिनेट सम्म दुबै तर्फबाट १-१ गोल सहित बराबरी भएपछि ट्राइबेकरको साहारा लिइएको थियो । दुहबी वडा नम्बर १० ले उपाधी सहित १ लाख नगद र उप बिजेता दुहबी वडा नम्बर ११ ले ५० हजार प्राप्त गरे । दुहबी नगर पालिकाको आयोजना तथा एलेभेन एरोज क्लब दुहबीको संयोजनमा पौष २१ गते प्रतियोगिता सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया