साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै
सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने रकम तयार पार्नुस्। विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ)को अन्तिम तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे ६ अर्ब रूपैयाँभन्दा बढीको सेयर निष्कासन गर्ने तयारी गरेका हुन्।
सेयर निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्का छन्। त्यस्तै, ६ लघुवित्त, २ बिमा र २ अन्य कम्पनी पनि आइपिओ निष्कासनको त...











