दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै

दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै
नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन्। आर्थिक वर्ष २०७८/०७१ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ। सबैभन्दा बढी फागुन, चैत, वैशाख र जेठ महिनामा बढी रेमिट्यान्स आएको छ। त्यसमध्ये पनि सबैभन्दा बढी चैत महिनामा ...

गुट्खा खाएर जथाभावी थुक्नेलाई रोक्न भित्तामा भगवान्

गुट्खा खाएर जथाभावी थुक्नेलाई रोक्न भित्तामा भगवान्
बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवान्का तस्बिर भित्तामा टाँस्नुपरेको हो । मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्‍याङ, पर्खाल र भित्ताका कुनामा तस्बिर टाँस...

‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ नाम राख्न प्रस्ताव

‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ नाम राख्न प्रस्ताव
नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्तावसमेत गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे छलफल...

७१ प्रतिशत श्रमिकले कोभिडकालमा तलब पाएनन्

७१ प्रतिशत  श्रमिकले कोभिडकालमा तलब पाएनन्
कोभिड-२९ सङ्क्रमणका बेला श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको पाइएको छ । विशेष गरी खाडी मुलुक र मलेसियामा रहेका ७१ प्रतिशत नेपाली श्रमिकले कोभिड-१९ सङ्कटका कारण आर्थिक गतिविधि ठप्प हुँदा तलब नपाएका हुन्। प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले गरेको अध्ययनमा ६७ प्रतिशत श्रमिकको ज्याला कटौती भएको थियो । सो अध्ययनले खाडीका श्रम गन्तव्यहरु कतार, साउदी अरब, संयुक्त ...

खोप नलिने जोखिममा

खोप नलिने जोखिममा
गत साता कोरोना सङ्क्रमणबाट मृत्यु भएका दुई पुरुषले एक डोज पनि खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मृत्यु हुनेमा जनकपुरका ५६ वर्षीय र सिन्धुलीका ५७ वर्षीय पुरुष छन्। दुवैले कोरोनाविरुद्धको खोप नलिएको जानकारी स्थानीय तहले गराएको मन्त्रालयको भनाइ छ। धेरैले सामान्य मानिरहेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले मृत्युको मुखमा...

प्रधानमन्त्रीकै दबाबमा एसपीपीबारे अमेरिकालाई पत्र नपठाइएको खुलासा

प्रधानमन्त्रीकै दबाबमा एसपीपीबारे अमेरिकालाई पत्र नपठाइएको खुलासा
परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी नहुनेबारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रस्ट पारेको छ । सरकारले आफ्नै एक महिनाअघिको प्रतिबद्धताअनुरूप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो । परराष्ट्र मन्त्रालय प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारले गरेको निर्णयको पत्र नपठाइएको बताइन् । उनका अनुसार ‘सरकारको निर्णय कार्यान्वयन ...

रुस र युक्रेन युद्धको असर मुटुको शल्यक्रियामा

रुस र युक्रेन युद्धको असर मुटुको शल्यक्रियामा
मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ। यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ। रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति कम भएका कारण अक्सिजेनेटरलगायतका स्वास्थ्य सामग्री अभाव हुन थालेको हो। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यका...

मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता

मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता
झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ताबापतको रकम प्रदान गरेको पाइएको हो सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि-२ ०७५ ले लाभग्राहीको नाम, दर्ता, नवीकरण, लगतकट्टा तोकिएको...

युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली नेपालमा

युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली नेपालमा
 नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ । भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ । स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियमको खोजीमा छ । सुरुमा भारतीय अधिकारीले काठमाडौँमै युरेनियम भएको सूचना पाएको भन्...

सीसीटीभी फुटेज ‘रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने

सीसीटीभी फुटेज ‘रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने
बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले सीसीटीभी फुटेज ‘रिकभर’का लागि सम्बद्ध डिभाइस प्रहरीको फरेन्सिक ल्याब पठाउने निर्णय गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान र प्रहरीको साइबर ब्युरोको विज्ञको सुझावका आधारमा अर्थ मन्त्रालयले उपलब्ध गराएको सिस्टमलाई ल्याबमा पठाउने निर्णय समितिले गरेको हो । बुधबार सबै सिस्टम ल्याबमा पठाइने छ । विशेष समिति स...