गत साता कोरोना सङ्क्रमणबाट मृत्यु भएका दुई पुरुषले एक डोज पनि खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मृत्यु हुनेमा जनकपुरका ५६ वर्षीय र सिन्धुलीका ५७ वर्षीय पुरुष छन्। दुवैले कोरोनाविरुद्धको खोप नलिएको जानकारी स्थानीय तहले गराएको मन्त्रालयको भनाइ छ।
खोप नलिएका मानिसलाई समयमै खोप लिन उनले सुझाए। ‘जसले एक डोज पनि खोप लिनुभएको छैन, सक्दो छिटो खोप लिनुपर्यो,’ उनले भने । नेपालमा कतिजनाले एक डोज पनि खोप लिएका छैनन् भन्ने विषयमा कुनै यकिन तथ्याङ्क छैन । नागरिक दैनिकमा समाचार छ ।























