गण्डकीमा स्वास्थ्य बिमा गर्ने आठ लाख
गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन्। स्वास्थ्य बिमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बिमामा आबद्ध भएका हुन्। बिमित परिवारको सङ्ख्या दुई लाख ७५ हजार ७६ पुगेको बोर्डका प्रदेश संयोजक महेश ठाकुरले जानकारी दिए।
सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विसं २०७३ असारमा गण्डकीमै पहिलोपटक बागलुङबाट स्वास्थ्य बिमा सुरु भएको थियो। अहिले प...