विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ लाख ९६ हजार १६ पुगेको छ।

अहिलेसम्म ६७ करोड ९३ लाख २३ हजार ७९३ जनामा संक्रमण भएको छ। जसमध्ये ६५ करोड २१ लाख १३ हजार ९७१ ले कोरोनालाई जितेका छन्।

पछिल्लो २४ घण्टामा १० हजार २४९ जनामा नयाँ संक्रमण देखएको छ। सोही अवधिमा २० जनाले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ।

ज्यान गुमाउने २० जना दक्षिण कोरियाका नागरिक हुन्। दक्षिण कोरियामा मात्रै वितेको २४ घण्टामा १० हजार ५१ जनामा नयाँ संक्रमण देखा परेको छ।

अहिले २ करोड ४ लाख १३ हजार ८०६ जनामा सक्रिय संक्रमण छ। जसमध्ये ४० हजार ४५८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

तपाईको प्रतिक्रिया