बुढीगंगा–२ मा सडक पेटी अतिक्रमण हटाउन ७ दिनको अल्टिमेटम, नियम उल्लंघनमा कारबाही हुने
बुढीगंगा गाउँपालिका–२, विराट टिचिङ अस्पताल परिसर आसपासको क्षेत्रमा व्यापारिक गतिविधि र सवारी पार्किङका कारण सर्वसाधारणको आवागमनमा गम्भीर समस्या उत्पन्न भएको भन्दै गाउँपालिकाले ७ दिनभित्र सडक अतिक्रमण हटाउन निर्देशन जारी गरेको छ।
गाउँपालिको कार्यालयमा दिनहुँजसो आउने जनगुनासोका आधारमा अस्पताल परिसर छेउछाउका सडक पेटीमा अवैध रूपमा व्यापार, व्यवसाय सञ्चालन गरिएको र सडकको दायाँ–बायाँ अनियमित पार्कि...










