नेपालमा मुख र घाँटीको क्यान्सर बढ्दै, सूर्ति र मदिरा प्रमुख कारण
पछिल्लो समय मुख तथा घाँटीको क्यान्सर बढ्दै गएको छ । क्यान्सर भएका मध्ये १५ देखि २० प्रतिशतमा मुखको क्यान्सर देखिने चिकित्सक बताउँछन् । २०१८ को तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा एक वर्षमा २५ सयको हारहारीमा मुखको क्यान्सरका बिरामी फेला पर्ने गरेका छन् ।
विश्वमा मुखको क्यान्सर प्रमुख १० नम्बर पर्ने गर्दछ । नेपालमा र भारतमा मुखको क्यान्सर धेरै जनामा देखिने गरेको छ । नेपालमा विश्व स्वास्थ्य संगठनल...