‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइदिएको रहेछ’ : गृहमन्त्री गुरूङ
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले विगत ३६ वर्षसम्म सुरक्षाकर्मीलाई प्रभावकारी रूपमा काम गर्न नदिई ‘हत्कडी लगाइदिएको’ अवस्था रहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै उनले सुरक्षा संयन्त्र दलीय प्रभाव र हस्तक्षेपमा परेको संकेत गरेका हुन्।
गृहमन्त्री गुरूङले सुरक्षाकर्मीलाई स्वतन्त्र रूपमा काम गर्न नदिँदा देशमा कानुनी शासन कमजोर बनेको उल्लेख गरे। उनले विगतमा प...











