देशभर बाढी, पहिरो, डुवान : ७८ जनाको मृत्यु, ९० जना घाइते, ४१ वटा पुल बगे
अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरा परेर ९० जना घाइते र पाँचजना वेपत्ता भएका छन् ।
बाढीपहिरोका कारण तीन सय ८१ पशु चौपायको मरेका छन् भने ९८ गोठमा क्षति पु...