पथलैयामा बस दुर्घटना: १५ घाइते,३ को अवस्था गम्भीर
वीरगन्ज–पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
चितवनको नारायणगढबाट पर्साको वीरगन्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित डाबर नेपाल प्रालि नजिकको सडकमा मंगलबार बिहान ११ बजेतिर अनियन्त्रित भइ पल्टिएको हो ।
दुर्घटनाका घाइते तीनजनाबाहेक अन्यको अवस्था मध्यम...