वीरगन्ज–पथलैया सडकखण्डमा  यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

चितवनको नारायणगढबाट पर्साको वीरगन्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित डाबर नेपाल प्रालि नजिकको सडकमा मंगलबार बिहान ११ बजेतिर अनियन्त्रित भइ पल्टिएको हो ।

दुर्घटनाका घाइते तीनजनाबाहेक अन्यको अवस्था मध्यम र सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले  जानकारी दिए।

घाइते सबैको वीरगन्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अअस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तपाईको प्रतिक्रिया