लिपुलेकको विषयलाई तत्कालै अन्तर्राष्ट्रियकरण गर्न उपयुक्त नहुने – प्रचण्ड
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रिकरण गर्न उपयुक्त नहुने बताएका छन् ।
भारतबाट मिचिएका क्षेत्रमा पहिले भारतसँगै वार्ता गर्नु उपयुक्त हुने पनि प्रचण्डको भनाइ छ ।
सोमबार संघीय संसदको राज्य व्यवस्था समितिको बेठकमा उपस्थित भएका प्रचण्डले भारतसँग गम्...