नेपाल र भारतको सीमा विषयमा आज प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक आह्वान
कात्तिक २३, काठमाडौँ । नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले आज छलफल गर्न लागेका हुन् ।
बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलग...