प्रहरीले बम नचिन्दाको परिणाम, इन्स्पेक्टर सरले झोला उठाउने बित्तिक्कै विस्फोट भयो
काठमाडौं । शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन् । सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन् । रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । अर्को घरमा लगेर राखे ।
शंकास्पद वस्तुबारे महेन्द्रनगर इलाका प्रहरीमा खबर गरियो । प्रहरी नआउँदासम्म परिवारका सबै सदस्य शंकास्पद वस्तुबाट टाढै बसे...











