विराटनगर/सीता एयरले विराटनगर र भद्रपुरबाट हलेसी र पाथिभरा उडान गर्ने भएको छ ।  । विराटनगरमा भएको पत्रकार सम्मेलनमा सीता एयरलाईन्सका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले डिसेम्बर १५ देखि विराटनगर र भद्रपुरबाट लामिडाँडा बिमानस्थलसम्म सीता एयरको जहाजले लग्ने र त्यहाँबाट हेलिकोप्टरले हलेसीसम्म पुर्याएर ल्याउने ब्यवस्था मिलाईएको बताए ।  त्यसको लागि भद्रपुर र बिराटनगरबाट सुकेटार बिमानस्थलसम्म सीता एयरलाईन्सको जहाजले लग्ने र त्यहाँबाट माथि पाथिभरासम्म हेलिकोप्टरले लग्ने ब्यवस्था गरिएको छ ।

पहिलो पटक यसरी गर्नलागिएको उडानबाट सर्बसाधारणसँगै भारतीय पर्यटकलाई समेत लक्षित गरिएको सिंहले बताए । विराटनगरबाट सुकेटार र लामिडाँडा २० मिनेटको उडान हुनेछ त्यहाँबाट हलेसी मन्दिर तथा पाथिभरा मन्दिरसम्म पुग्नका लागि हेलिकोप्टरमा ५देखि ७ मिनेट लाग्ने बताईएको छ ।
सीता एयरले भद्रपुरबाट र बिराटनगरबाट प्रदेश १का विभिन्न विमानस्थलहरुमा उडान गर्ने तयारी गरिरहेको जनाएको छ । सीता एयरका सानो जहाज भएको कारण साना बिमानस्थलहरुमा यस्ता जहाजले सहजै उडान गर्न सक्ने छ । ट्रङ्क रुटको रुपमा पहिलो पटक पुर्बमा नीजि क्षेत्रबाट उडान गर्न लागिएको सिंहको भनाई छ । ‘सबैभन्दा साना विमानस्थल पुर्बी क्षेत्रमा रहेको छ उनले भने, नेपाल वायु सेवा निगमका जहाजले एकादुई उडान भर्ने बाहेक निजी क्षेत्रको उडान छैन, यी विमानस्थलमा धेरै पर्यटकीय चिजहरु रहेकोले त्यसको अध्ययन गरेर आएका छौ ।’
शुरुमा प्याकेजको रुपमा आउन लागेको सीता एयरको उडानले हप्तामा एउटा नियमित सेड्युल उडान समेत गर्ने जनाएको छ । विराटनगरबाट सुकेटार, लामिडाँडा तथा लुक्लाको उडान समेत गर्ने तयारी सीता एयरको छ । सीता एयरले भारतका बिभिन्न क्षेत्र बंगाल, बिहार, सिक्कीम, दार्जिलिङ लगायतका क्षेत्रका करिब एक दर्जन ट्राभल्स एजेन्सीका संचालकहरुलाई मंगलवार नै सुकेटार, लुक्ला, लामिडाँडा लगायत हिमाली र पहाडी क्षेत्रको पर्यटकीय स्थलको बारेमा परिक्षण उडानबाट घुमाउने काम समेत गरिसकेको छ ।
अहिले तत्काल अप्ठेरोलाई सहजताको लागि भद्रपुरलाई आधार बनाएर उडान गर्ने तयारी गरेको सीता एयरले आफ्नो बजारको मुल्याङ्कन गर्दै क्षेत्र विस्तार गर्ने तयारी समेत गरेको छ ।
माउन्टेन हेलिकोप्टरका संचालक प्रकाश मुण्दडाले सीता एयरलाईन्ससँगको सहकार्यमा हलेसी र पाथिभरासम्म पर्यटक लग्ने उदेश्य लिईएको बताए ।

प्रदेश पत्रकार महानसंघका अध्यक्ष विक्रम लुईटेलले प्रदेश १ सरकारले कर्मचारीहरुलाई ६ दिनसम्मको भ्रमणको ब्यवस्था गरेको अबस्थामा ति कर्मचारीसँग पनि यस्तो प्याकेज पुर्याउन आग्रह गरे । प्रदेश १ मा १३७ पालिका रहेकोले ती पालिकाहरु र प्रदेश सरकारले पनि यस्ता कम्पनीहरु खोजी रहेको अबस्थामा सहकार्य गरेर जाने हो भने बिमान कम्पनीहरु सहजै प्रदेशमा स्थापित हुने उनले बताए ।प्रतिब्यक्ति २३ हजारमा जहाज र हेलिकोप्टरको आनन्द लिँलै हलेसी र पाथिभरा घुमेर आउन पाईने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया