अब सीमा क्षेत्रमा सुरक्षा पोस्ट बढाउने गृहकार्य प्रत्येक १० किमिको फरकमा पोस्टहरू राख्ने तयारी
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा सुरक्षा पोस्ट बढाउने गृहकार्य भइरहेको बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिको बैठकमा सोमबार उनले १० किमिको फरकमा पोस्टहरू राख्ने तयारी भइरहेको जानकारी दिए । बैठकमा सांसदहरूले सीमा सुरक्षा कमजोर भएकोबारे सरकारको धारणा मागेका थिए । ‘हामीले सीमामा ‘काउन्टर इन्टेलिजेन्ट’ परिचालन गर्न लागेका छौं,’ थापाले भने । भारतसँगको खुला सीमाका कार...











