जेनजी आन्दोलन र प्राकृतिक विपत्तिले मुलुक हल्लायो, अर्थतन्त्रमा थपियो संकट
काठमाडौँ : कोभिडपछि लयमा फर्किन थालेको मुलुकको अर्थतन्त्रमा एकपछि अर्को चुनौती थपिएका छन्। जेनजी आन्दोलनले जनधनको क्षति भएको अवस्थामा प्राकृतिक विपत्तिले फेरि थप क्षति पुर्याएको छ। बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाको पुनर्निर्माणका लागि मात्र करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको आगजनी त...











