मोरङमा श्रीमानले गरे श्रीमतीको हत्या

मोरङमा जग्गा विवादका कारण आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सुन्दरहरैँचा नगरपालिका १० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले आफ्नै श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन् । उनले आइतबार (आज) खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विरा...

विद्यालयमा खेलकुद छैन, खेलकुदको ठाउँमा सटर बन्ने काम भइरहेको छ : खेलकुदमन्त्री

विद्यालयमा खेलकुद छैन, खेलकुदको ठाउँमा सटर बन्ने काम भइरहेको छ : खेलकुदमन्त्री
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताएका छन् । ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताए । उनले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको पनि उल्लेख गरे । उनले डिजिटलाइजका कारण बिस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरू हट्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले डिज...

करेन्ट लागेर एक विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

करेन्ट लागेर एक विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते
सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइत...

भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ

भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ
झापाको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेले शनिबार राति अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । गत साउन २५ गते राति अर्...

नेवाः संस्कृति जोगाउन तायाः मचाः नृत्य प्रतियोगिता हुने

नेवाः संस्कृति जोगाउन तायाः मचाः नृत्य प्रतियोगिता हुने
पर्यटकीय राजधानी पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित गगन नेवाःखलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको हो । गगन नेवाःखलःले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा शताब्दीऔँदेखि चल्दै आएको नेवार समुदायको मौलिक तथा सांस्कृतिक नृत्य तायाः ...

काँचो स्याउ संकलन गर्ने व्यापारीका गोदाममा लगायो ताला

काँचो स्याउ संकलन गर्ने व्यापारीका गोदाममा लगायो ताला
तिला गाउँपालिकाले काँचो स्याउ संकलन गरेका व्यापारीको गोदाममा ताला लगाइदिएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ संकलन भएका तिला–१ रारा सेरिबजारमा रहेका ६ गोदाममा ताला लगाइएको हो । उपाध्यक्ष बुढाका अनुसार राम्रोसँग नपाकेको स्याउ संकलन गर्ने व्यापारीका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाको निर्णय र निर्देशन...

गोली हानी हत्या गरेर फरार रहेका अभियुक्त १६ वर्षपछि पक्राउ

गोली हानी हत्या गरेर फरार रहेका अभियुक्त १६ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भइ फरार रहेका एकजना प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्।  धनुषा सवैला नगरपालिका वडा नम्बर १३ का ५६ वर्षीय पवन महतोलाई प्रहरीले बिहीबार प्रकाउ गरेको जिल्ला प्रहरीले कार्यालय धनुषाले जनाएको छ। २०६५ सालमा धनुषा सबैला नगरपालिका वडा नम्बर १३ बस्ने नागेन्द्र यादवको गोली हानी हत्या गरी फरार रहेका थिए।  सर्वोच्च अदालतले २०८० /१०/०८ गते महतोलाई जन्मकैदको सजायको फैसल...

किन टाँसिन्छ नागको तस्बिर घरको मूल ढोकामा ?

किन टाँसिन्छ नागको तस्बिर घरको मूल ढोकामा ?
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । यसरी नागको तस्बिर टास्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले ...

एकै दिन १५ सयले बढ्यो सुनको मूल्य

एकै दिन १५ सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला रु एक हजार छ सय ९० मा कारोबार भएको चाँदी ...

ज्वरो र झाडापखालाका बिरामी बढे, अस्पताल भरिभराउ

ज्वरो र झाडापखालाका बिरामी बढे, अस्पताल भरिभराउ
सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ । असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा कमल भण्डारीले जानकारी दिए। उनका अनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लाग...