कोशीका ४ जिल्लाबाट ६ जना पक्राउ
विराटनगर । कोशी प्रदेशका विभिन्न ४ वटा जिल्लाबाट ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट ब्राउन सुगर (खैरो हेरोइन) लगायतका लागुऔषध बरामद भएको छ ।
प्रहरीले झापा, सुनसरी, धनकुटा र उदयपुरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । झापामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले झापा गाउँपालिका–१ मा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३९१७ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा चालक कन्काई नगर...











