जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ
इटहरी : झुम्का कारागारबाट भागेका तीन फरार कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार कैदीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरिएको छ।
सुनसरीको झुम्का कारागारबाट भागेका धरान उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय जीवन श्रेष्ठ र धरान–१४ निवासी २० वर्षीय अस्मित कार्कीलाई क्रमशः अमरहाट र पत्रङबारीबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। दुवै जना लागूऔषध मुद्दामा सजाय भोगिरहेका थिए।
त्यस्...











