मापसे गरेर ‘एसिड’ खाएका सरोजको गयो ज्यान
धरान : सुनसरीको धरानमा तेजाब(एसिड) सेवन गरी सिकिस्त भएका एक पुरुषको आइतबार राति मृत्यु भएको छ। धरान उपमहानगरपालिका–७ बगैँचा लाइनका अन्दाजी ४४ वर्षीय सरोज विकको विराटनगरको उपचारका क्रममा निधन भएको हो।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार विकले गत असार २३ गते राति मादक पदार्थ सेवन (मापसे) गरेपछि घरमा धारा सफा गर्न राखिएको तेजाब सेवन गरेका थिए। तेजाब सेवन गरेलगत्तै उनको स्वास्थ...











