उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किएर दुर्घटना : १ जनाको मृत्यु, २६ जना घाइते
उदयपुर । उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगी टोलमा प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक ठोक्किएर राति ८ः४० बजेतिर दुर्घटना भएको उदयपुरका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर चन्द्रबहाद...











