बिहेमा जन्ती पुर्याएर फर्किएको बस काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ कुँडालमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
बस दुर्घटनामा परेर तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज (बिहीबार) बिहान दुर्घटना हुँदा १ जना गम्भीर घाइते भएका छन् ।
बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका हुन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


















