लक्षण देखिए पनि ३ दिनदेखि अस्पताल नपाएका संक्रमितको प्रश्‍न : ‘मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ ?’

लक्षण देखिए पनि ३ दिनदेखि अस्पताल नपाएका संक्रमितको प्रश्‍न : ‘मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ ?’
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न तोकिएका अस्पतालका शय्या भरिएपछि सरकारले लक्षण भएकालाई पनि जबर्जस्ती घरमै राख्न थालेको छ । यसअघि चाप बढेपछि लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न पाउने नियम ल्याइएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्ला पाँच दिनमा २ सय ७ जनालाई घरमै आइसोलेसनमा राखिएको छ । ईडीसीडीका अनुसार उपत्यकामा साउन २२ मा ८१ जना ...

मृत्युको एक साता पछि कोरोना पुष्टिः एक हजार मलामी तनाबमा

मृत्युको एक साता पछि कोरोना पुष्टिः एक हजार मलामी तनाबमा
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ पलाँती निवासी पूर्वमन्त्री मोहनबहादुर बस्नेतका ८४ वर्षीय पिता खड्गबहादुर बस्नेतको मृत्यु भएको साता दिन पछि कोरोना संक्रमण भएको पुष्टिले जिल्लामा त्रास फैलिएको छ । २३ गते काठमाडौंमा मृत्यु भएका बस्नेतका पिताको शव अन्तिम संस्कारका लागि बाह्रबिसे ल्याइएको थियो । काठमाडौंको टिचिङ अस्पतालले मंगलबार मात्रै बस्नेतमा कोरोना संक्रमण भएको पुष्टि गरेपछ...

धरानका बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा ताला

धरानका  बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा ताला
धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको कार्यकक्षमा तालावन्दि गरिएको छ । अगामी साउन ३० गते हुन लागेको सिनेट बैठक स्थगित गर्नु पर्ने लगाएतका माग राख्दै नेपाली कांग्रेस निकट नेपाल तरुणदल र नेपाल विद्यार्थी संघले मंगलबार प्रतिष्ठानका उपकुपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिको कार्यकक्षमा ताला वन्दी गरेका छन् । धरानमा कोरोनाको सक्रमण बढ्दै गएको र सक्रमतिहरुलाई वेड अभाव मा ...

विराटनगरमा कोरोनाका २३ संक्रमित थपिए

विराटनगरमा कोरोनाका २३ संक्रमित थपिए
विराटनगर / विराटनगर महानगरपालिकामा २३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सोमबारराति प्राप्त पछिल्लो पीसीआर परीक्षण रिपोर्टअनुसार सबैभन्दा बढी विराटनगर महानगरपालिका–१७ मा सात जना संक्रमित थपिएका छन् । विराटनगर–३ मा एक, ५ मा चार, ६ मा तीन, ७ मा एक, ८ मा तीन, ९ मा दुई, १५ मा एक र १७ नम्बर वडामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एक संक्रमितको वडा खुलाइएको छैन । सोमबार दिउँसो नौ ...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प
ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको मृत्यु भएको छ । उपत्यकामा संक्रमणको सन्त्रास बढेसँगै यहाँका सबै महानगरपालिका र नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा तीन साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि अत्यावश्यकबाहेक सबै सेवा बन्...

१५ भदौसम्म विद्यालय र लामो दुरीका यातायात नखोल्न सिफारिस

१५ भदौसम्म विद्यालय र लामो दुरीका यातायात नखोल्न सिफारिस
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा फैलिएको भन्दै वृद्धवृद्धा तथा केटाकेटीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत गराएको छ । सरकारले आमनागरिकलाई कोरोनासँग लड्न जीवनशैली बदल्नसमेत अनुरोध गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को आइतबार बसेको बैठकले वृद्धवृद्धा तथा केटाकेटीलाई अनावश्यक कामबाहेक घर बाहिर ननि...

नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक, पुरुष संक्रमित ८४ प्रतिशत

नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक, पुरुष संक्रमित ८४ प्रतिशत
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। यीमध्ये पुरुष १९ हजार ३ सय ३१ (८४ प्रतिशत) जना छन्। महिलाको संख्या ३ हजार ६ सय ४१ (१६ प्रतिशत) छ। यसको कारण के होला ? विभिन्न अध्ययन जारी रहे पनि मुख्यतः जीवनशैली र आनीबानी नै जिम्मेवार मानिएका छन्। ‘महिलाको बाहिरी हिँड...

राहतमा कुहेको चामल, २ हजार १ सय ८४ परिवारलाई बाँडेको चामल गुणस्तरहीन

राहतमा कुहेको चामल, २ हजार १ सय ८४ परिवारलाई बाँडेको चामल गुणस्तरहीन
भोजपुर । रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो । वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको बताए । ‘लकडाउनले मजदुरी टुटेपछि परिवारको छाक टार्न धौधौ भएका बेला राहतमा पनि कुहिएको चामल पाइयो । योभन्दा ठूलो विडम्बना अरू के हुन्छ ? ’, उनले भने । गाउँपालिकाले ६ वडाका २ हजा...

नआत्तिनुहोस्, ७२ प्रतिशत संक्रमित निको भइसके

नआत्तिनुहोस्, ७२ प्रतिशत संक्रमित निको भइसके
काठमाडौं। राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा— कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्। सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ। ठूला देश भारतमा ६८.४३ र अमेरिकामा ५१.३ प्रतिशतले कोरोना जितेका छन्। जब कि नेपालमा ७२.२ प्रतिशत निको भएर घर फर्किइसकेका छन्। स्...

प्रभावकारी देखिएन लकडाउन

प्रभावकारी देखिएन लकडाउन
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्व नै महामारीको चपेटामा परेको छ । यसबाट नेपाल पनि अछुतो भने रहन सकेन । यसको नियन्त्रणको लागि केहि प्रयासहरु गरिए पनि अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल सरकारले कोरोना भाइरसको रोगथाम तथा नियन्त्रण गर्न गत चैत ११ गतेबाट मोडालिटी परिवर्तन गदै जम्मा १२० दिन लकडाउन गरेको थियो । तर जब लकडाउनको अन्त्य भयो त्यस पश्चात कोरोना संक्रमण समुदायस्तरमा फैलिदै गए...