चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्व नै महामारीको चपेटामा परेको छ । यसबाट नेपाल पनि अछुतो भने रहन सकेन ।
यसको नियन्त्रणको लागि केहि प्रयासहरु गरिए पनि अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल सरकारले कोरोना भाइरसको रोगथाम तथा नियन्त्रण गर्न गत चैत ११ गतेबाट मोडालिटी परिवर्तन गदै जम्मा १२० दिन लकडाउन गरेको थियो । तर जब लकडाउनको अन्त्य भयो त्यस पश्चात कोरोना संक्रमण समुदायस्तरमा फैलिदै गएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलदै गएपछि अधिकांश स्थानीय तहले नियन्त्रणको लागि पुन लक डाउन गरेका छन् । केहिले १४ दिन हप्ता दिन त केहिले अनिश्चितकालको लागि भने केहिले ५ दिन गरेका छन् ।
लकडाउनबाट आजित भएका जनता पुन लकडाउन हुदाँ त्रसित भन्दा धेरै निराश भएका छन् । त्यसैले अहिले गरिएको लकडाउनको दृश्य लकडाउन जस्तो देखिन्दैन, नाम मात्रको लकडाउन भएको छ ।
लकडाउन त भनिएको छ तर लकडाउन लाए नलाए बराबर नै भएको छ । नागरिकहरुले लकडाउनलाई सुने नसुने झै गरेका छन् । अझ सामान्य माक्सको समेत प्रयोग नगरेको दृश्य देख्न पाइन्छ ।























