कोरोनाबाट विश्वभर ६० लाख ५४ हजार संक्रमित, २५ लाख ६२ हजार बढी निको (कुन देशमा कति)
विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर ६० लाख ५४ हजार १८७ संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये २५ लाख ६२ हजार १९१ ले स्वास्थ्यलाभ गरिसकेका छन्।
अमेरिकामा सबभन्दा बढी संक्रमित पुष्टि भएका छन्। आइतबार बिहानसम्मका तथ्यांकअनुसार अमेरिकामा १७ लाख ६९ हजार ७७६ मा संक्रमण पुष्टि भएको हो। त्यस्तै ४ लाख १६ हजार ४६१ निको भइसकेका छन्।
अमेरिकामै...











