मिचियो भने कति मिचियो , कहिले कहिले मिचियो राती मिचियो कि दिउँसो मिचियो , कस्ले मिच्यो त्यो प्र्रस्ट पार्नुपर्दैन खाली मिचियो भनेर नक्सा फेरेर मात्रै हुन्छ ?
बिहिबार प्रदेश सभाको शुन्य समयमा बृद्ध उमेरका सांसद नेपाली भूमी मिचिएकोबारे आक्रोशित र उत्तेजित हुदै बोले ।
संसदमा चर्को स्वरमा उत्तेजित भएर बोल्दै उनले बषौदेखी अर्काले नेपाली भूमाग मिचिरिहँदा पनि स्थानिय प्रशासन , सरकार , जनप्रतिनिधि पत्रकार , राजनैतिक दल कसैले पनि केही थाहा नपाउनु उदेकलाग्दो भएको बताए ।

नेपाली काँग्रेस पार्टीबाट हिमाली जिल्ला ताप्लेजुङबाट निर्वाचित प्रतापप्रकाश संसदमा निर्धक्कसँग झर्रो भाषा प्रयोग गरेर राख्नमा प्रतापप्रकाश हक्की सांसदका रुपमा चिनिन्छिन ।
बिहिबारको प्रदेश संसदको शुन्य समयमा बोलदै सांसद हाङगामले नेपाली सिमाना मिचिएकोबारे आक्रोशित र उत्तेजित हुदै विरोध गरे ।
उनले संसदको बैठकमा भने , ‘भूमी मिच्नेहरु जोकोही भएपनि त्यत्तिखेरै कि ढुंङगाले हानेर कि खुकुरीले काटेर किन नभगाएको त्यो हाम्रो कमजोरी हो कि होइन ?’
सांसद हाङगामले पश्चितर्फ भारतले अतिक्रमण गरको नेपाली भूभागको क्षेत्रफल तुरुन्त सार्वजनिक गर्न प्रदेश नं १ का संसादले माग गरेका छन ।
बिहिबार प्रदेश नं १ को बर्षे अधिबेशनको शुन्य समयमा बोल्दै सांसद प्रतापप्रकाश हाङगामले भारतले अतिक्रमण गरेको नेपाली भूमीको क्षेत्रफल तुरुन्तै सार्वजनिक गर्न संघिय सरकारसँग माग गरे ।
सांसद हाङगामले नेपाली भूभाग भारतले मिचेको प्रति आक्रोशित हुदै संसदमा प्रस्तुत भएका सांसद हाङगामले सरकारले नेपाली भूमी मिचियो भनेर नयाँ नक्सा सार्वजनिक गरेको तर कति मिचियो त्यो भने प्रस्ट नपार्दा अझै अन्ययौल कायमै भएको बताए ।

सिमानामा सुरक्षा पोष्ट थप्न माग
बिहिबारकै बैठकमा इलामकी प्रदेश सांसद खिनुलङवा लिम्बुले इलामको पशुपतिनगर , सन्दकपुर , मानेभञ्जयाङ लगायतका स्थानहरुमा भारतीयहरुले सिमाना मिचेर सार्वजनिक संरचनाहरु निर्माण गरिरहँदा पनि सरकारले अझै केही गर्न नसकेको बताइन ।
उनले जंगे पिलर अनुसारको नेपाली सिमाना प्रस्ट पारेर अतिक्रमण भएका क्षेत्रहरुबाट भारतीयहरुलाई हटाउन माग गरिन ।
उनले खुल्ला सिमाना र सिमा सुरक्षाकर्मी नभएको भन्दै प्रत्येक ३ किलोमिटरमा सिमा सुरक्षा पोष्ट स्थापना गराउन माग गरिन ।























