कोरोना भाइरसलाई जितेर नारायणी अस्पताल बीरगञ्जबाट ९ जना भए डिस्चार्ज
नारायणी अस्पतालमा उपचारार्थ कोरोना संक्रमित मध्ये ९ जना निको भएर शनिबार डिस्चार्ज भएका छन् ।
प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संक्रमण पुष्टि भई नारायणी अस्पतालमा उपचार गराई रहेका पर्सा र रौतहटका तीन तीन जना, बाराका २ जना तथा एक जना भारतीय नागरिक डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। मदन कुमार उपाध्यायले जानकारी दिनु भयो ।
उनीहरुको रिपोर्ट २ पटक नेगेटिभ आएपछि डिस्चार्ज गरिएको ...










