कोरोना भाइरस (सार्स कोभिड १९) का विरुद्ध लड्ने शरीरमा रोग प्रतिरोधक क्षमता बढाउन ‘आर्सेनिक अलबम–थर्टी’ नामक होमियोपेथिक औषधि उपयोगी रहेको भन्दै त्यसको व्यापक प्रयोग गर्न थालिएको छ ।

होमियोथेथिक चिकित्सकहरुको सल्लाह अनुसार भारतमा यसको व्यापक प्रयोग हुन थालेपछि नेपालमा पनि यो औषधिको प्रयोग बढेको छ ।

यही बीचमा विराटनगरको पुरानो होमियोपेथिक पसलले पनि यसको वितरण सुरु गरेको हो । उदयपुरको भुल्केमा कोरोना संक्रमण फैलिएको पाइएपछि ज्योति होमियोले त्यहाँ दुई हजार जनालाई पुग्ने औषधि पठाएको थियो । त्यसैगरी सो पसलबाट कानुन व्यवसायी र सञ्चारकर्मीहरुलाई पनि निःशुल्क औषधि वितरण गरिएको छ ।

१ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ७ हजार ५ सय जनाको लागि औषधि माग गरेको छ । ज्योति होमियोका सञ्चालक गोपाल गुप्ताका अनुसार अहिले झापामा सो औषधि वितरण भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया