मोरङमा सामूहिक बलात्कारको घटनामा पक्राउ परेका तीनजना सार्वजनिक, अपहरण, ज्यान मार्ने उद्योग र जबरजस्ती करणी मुद्दामा म्याद थप
इटहरी : मोरङमा एक युवतीमाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कटहरी २ बस्ने १९ वर्षीय मोहम्मद रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार साह र भारतको अररिया जिल्ला कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार रहेका छन् ।
मंगलबार दिउँसो मोरङको कटहरी २ स्थितमा २३ वर्षीया युवती अचेत अवस्थामा भेटिएकी थिइन् । हात, खुट्टा बाँध...










