इटहरी : सशस्त्र प्रहरी बलले चार जना जिल्लाका एसपीलाई हेडक्वाटर तानेको छ ।
चार वटा जिल्लाका एसपीहरूलाई सशस्त्र हेडक्वाटर तानेर छानबिन सुरु गरिएको हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता एवं नायब महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेका अनुसार हेडक्वाटर तानिनेहरूमा मोरङका एसपी विश्व खड्का, धनुषाका एसपी दर्शन गिरी, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी विमल डाँगी छन् ।
उनीहरूमाथि केही आर्थिक अनियमितता तथा राजश्व गडबडी गरेको आरोप लागेको छ ।
छानबिनपछि निर्दोष देखिए उनीहरूलाई पुनः सोही जिलला फिर्ता गरिने र दोषी देखिए कारबाही गरिने बताइएको छ ।























