मोदीलाई जन्मदिनको शुभकामना दिनेले कालापानीका लागि सिधा फोन गर्नुपर्दैन? : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नक्सामा समावेश गरेकोबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा कुराकानी गर्नुपर्ने बताएका छन्।
अतिक्रमित भूमिबारे सरकारले मिडियामा खपतका लागि मात्रै विज्ञप्ति जारी गर्ने गरेको शर्माको आरोप छ। ‘प्रमुख प्रतिपक्षी दलका नेता, पार्टी सभापति शेरबहादुर देउवाले राजदूतलाई फोन गरेर लिम्पियाधुरा, कालापानी, लि...










