कोरोनाको कारण नेपालद्वारा आठ देशका नागरिकलाई ‘अन अराइभल’ भिसा बन्द
काठमाडौं । अध्यागमन विभागले कोरोना संक्रमण धेरै देखिएका आठ देशका पर्यटकलाई विमानस्थल आएपछि दिइने गरिएको अन अराइभल भिसा दिन बन्द गरेको छ । विभागले कोरोना भाइरसको संक्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनका नागरिकलाई अन अराइभल भिसा दिन बन्द गरेको हो ।
विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार गत साता नै चीन तथा चीन प्रशासित...










