बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी
रामेछाप : असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य आज सकिने भएको छ ।
बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।
आफूले बाढीले क्षति पु¥याएको काभ्रेको चौकी डाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थ...











