कोरोना भाइरस : विश्वभर ५१ लाख ८८ हजार संक्रमित, ३ लाख ३४ हजारको मृत्यु

कोरोना भाइरस : विश्वभर ५१ लाख ८८ हजार संक्रमित, ३ लाख ३४ हजारको मृत्यु
साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ३४ हजार ३९ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५१ लाख ८८ हजार ३५६ जना संक्रमित भएका छन् । २० लाख ७८ हजार २०४ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ८०० जनाले ज्यान गुमाएका छन् भने १ लाख ४ हजार ९४५ जनामा संक्रमण पुष्टि भ...

थप ३० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ४८७ पुग्यो

थप ३० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ४८७ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जानकरी दिएकाे छ । सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो । त्यहाँका २२, २२, २४, २५, २५, २७, ३२, ...

कोरोना संक्रमणबाट गुल्मीका एक शिक्षकको मृत्यु नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या तीन पुग्याे

कोरोना संक्रमणबाट गुल्मीका एक शिक्षकको मृत्यु नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या तीन पुग्याे
कोरोना भाइरस संक्रमण भइ बुटवलको एक अस्पतालमा उपचार गराइरहेका एक शिक्षकको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले पुष्टि गरेको छ । सामाजिक विकास मन्त्रलयले श्रद्धान्जली दिंदै ‘उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दुःखी छौं’ भनेको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले कंगे देउराली आधारभूत विद्यालयका ...

कोरोनाका कारण विश्वमा ३ लाख २९ हजार बढीको मृत्यु, अमेरिकामा करिब ९५ हजारले ज्यान गुमाए

कोरोनाका कारण विश्वमा ३ लाख २९ हजार बढीको मृत्यु, अमेरिकामा करिब ९५ हजारले ज्यान गुमाए
काठमाडौं । विश्व महामारी कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २९ हजार नाघेको छ । ५० लाख ८० हजार संक्रमित मध्ये २० लाख २० हजार उपचार पछि निको भएका छन् । ४५ हजार बढी संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब ९५ हजार पुगेको छ । संक्रमितको संख्या १५ लाख ९१ हजार नाघेको...

संक्रमितको संख्या ४४४ पुग्यो, झापा, धनकुटा र सुनसरीमा १७ जना नयाँ संक्रमित

संक्रमितको संख्या ४४४ पुग्यो, झापा, धनकुटा र सुनसरीमा १७ जना नयाँ संक्रमित
नेपालमा कोरोना भाइरसका थप १७ जना बिरामी थपिएका छन् । उनीहरु झापा, धनकुटा र सुनसरी जिल्लाका हुन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जनाएका छन् । झापाको कचनाकवल गाउँपालिकाका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर...

सीमाबारे बोल्दा मनिषाविरुद्ध उत्रिए भारतीय मिडिया

सीमाबारे बोल्दा मनिषाविरुद्ध उत्रिए भारतीय मिडिया
काठमाडौँ : अभिनेत्री मनिषा कोइरालाले नेपालले हालै जारी गरेको राजनीतिक नक्साबारे प्रतिक्रिया दिँदा भारतीय मिडिया तरंगित बनेका छन् । मनिषाले नेपाल सरकारको समर्थनमा त्रीपक्षीय संवादको कुरा उठाएकी थिइन् । तत्कालै भारतका केही सत्तापक्षधर मिडियाको रुपमा चिनिएका मिडियाले मनिषाको व्यक्तिगत टिप्पणीमै उत्रिएका छन् । टेलिभिजन ‘एबिपी’ च्यानलले त मनिषालाई ‘भारतको खान्छौ, चीनको गीत गाउँछौ ?’ शिर्षकमा एक ब...

धरानमा एक जनामा कोरोना संक्रमण भेटियो, शिबधारा क्षेत्र सिल गरिदै

धरानमा एक जनामा कोरोना संक्रमण भेटियो, शिबधारा क्षेत्र सिल गरिदै
धरानमा समेत कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । धरान १३ शिवधाराकी ५२ बर्षीय एक महिलालाई कोरोना संक्रमण भएको पाइएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा सञ्चालन गरे लगत्तै यो संक्रमण देखिएको छ । मंगलबार विहान चेक गर्न गएकी ती महिलालाई शंका गरेर थ्रोट स्वाव चेकजाच गर्दा संक्रमण भएको पाइएको हो । ५२ बर्षिय शिवधारा देखि मास्तिरको रहेको खुलेको छ । अहिले त्यो क्ष्इो...

पिसिआर परीक्षणको शुल्क तोकिएको छैन : मन्त्रालय

पिसिआर परीक्षणको शुल्क तोकिएको छैन : मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ । केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट परीक्षण गराउँदा रु १५ हजार तोकेको भन्ने समाचार आएपछि मन्त्रालयले शुल्क नतोकिएको जानकारी गराएको हो । मन्त्रालयका आइसिएस कोर्डिनेटर डा गुणराज लोहनीले आज विज्ञप्ति जारी गर्दै कोभिड १९ को परीक्षणको दायरा बढाउन सार्वजनिक ...

विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ संक्रमित डिस्चार्ज

विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ संक्रमित डिस्चार्ज
विराटनगर स्थित कोशी अस्पताल कोभिड नाइन्टिन उपचार केन्द्रमा उपचार गराइरहेका मध्ये ८ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुको पछिल्लो स्वाब परीक्षण गर्दा नेगेटिभ आएपछि वुधवार डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा उदयपुरको भुल्केका ३ जना र ५ जना भारतीय नागरिक रहेका छन् । उनीहरुमा कोरोना सम्बन्धी कुनै लक्षण देखिएको छैन । उनीहरुको स्वाब टेष्टबाट नेगेटिभ रिपोट आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज भए...

नेपालको नयाँ नक्सा सार्वजनिक अब १ लाख ४७ हजार ५ सय १६ बर्गकिलोमिटर

नेपालको नयाँ नक्सा सार्वजनिक अब १ लाख ४७ हजार ५ सय १६ बर्गकिलोमिटर
सरकारले नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । आज नयाँ नक्सा सार्वजनिक भएसंगै अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ । यस अघि नेपालको क्षेत्रफल अतिक्रमित भूभाग बाहेक१ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । नेपालको अतिक्रमित भूभागको क्षेत्रफल ३ सय ३५ वर्गकिलोमिटर थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अगुवाईमा...