सरकारले नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

आज नयाँ नक्सा सार्वजनिक भएसंगै अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ ।

यस अघि नेपालको क्षेत्रफल अतिक्रमित भूभाग बाहेक१ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । नेपालको अतिक्रमित भूभागको क्षेत्रफल ३ सय ३५ वर्गकिलोमिटर थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अगुवाईमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक र प्रशासनिक नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गर्दै यो दिन इतिहासमा लेखिने बताउनुभयो ।

उहाँले पुर्खाले रचेको भौगोलिक इतिहासको रक्षा गर्नु आजको दायित्व भएको उल्लेख गर्दै आजदेखि विश्व मानचित्रमा नेपालको मानचित्र बदलिएको र नेपालीको मनोबल पनि उच्च बनेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया