भारतमा १ लाख नाघ्याे काेराेना संक्रमितकाे संख्या, ३१ सयकाे मृत्यु

भारतमा १ लाख नाघ्याे काेराेना संक्रमितकाे संख्या, ३१ सयकाे मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएकाे भारतमा कुल संक्रमित संख्या १ लाख नाघेको छ । त्यहाँ साेमबार एकैदिनमा ४ हजार ६३० नयाँ संक्रमित थपिएका छन् । आइतबार भने एकै दिनमा हालसम्मकै बढी ५ हजार ५० नयाँ संक्रमित थपिएका थिए । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३२८ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । भारतले गत शुक्रबारबाटै कोरोना संक्रमणक...

कोरोना खोपको मानवीय परीक्षण सकारात्मक

कोरोना खोपको  मानवीय परीक्षण सकारात्मक
पहिलोपटक मानिसमा कोरोना भाइरसविरुद्धको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ । आठ जना स्वास्थ्य व्यक्तिमा पहिलो चरणमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गरिएको थियो । उत्पादक कम्पनी मोडर्नाका अनुसार परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ । कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो । यो खोप लगाए...

विश्वभर कोरोना : ४७ लाख ९५ हजार संक्रमित, ३ लाख १८ हजारको मृत्यु

विश्वभर कोरोना : ४७ लाख ९५ हजार संक्रमित, ३ लाख १८ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमितको संख्या ४७ लाख ९५ हजार ९ सय ४१ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १५ लाख ६ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ९० हजार ६ सय ७८, ब्राजिलमा २ लाख ५४ हजार २ सय २०, बेलायतमा २ लाख ४७ हजार ७ सय ९, स्पेनमा २ लाख ३१ हजार ६ सय ६, इटालीमा २ लाख २५ हजार ८ सय ८६ जनामा संक्रमण पुष्टि...

नेपाल सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित

नेपाल सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित
नेपाल सरकारद्वारा लिम्पियाधुरासहितको नेपालको नक्सा पारित । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिएका छन् । सुगौली सन्धि अनुसार लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको हाे । सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो ।

दुलाल हत्या प्रकरण : श्रीमतीले ढोका खोलिन, प्रेमीले श्रीमानको घाँटी कसे, साथीले खुट्टा समाए, चोट लुकाउन पाउडर छर्किए

दुलाल हत्या प्रकरण : श्रीमतीले ढोका खोलिन, प्रेमीले श्रीमानको घाँटी कसे, साथीले खुट्टा समाए, चोट लुकाउन पाउडर छर्किए
श्रीमतीकै योजनामा विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्या भएको प्रहरीले बताएको छ । श्रीमानसँग सम्बन्ध बिग्रिएपछि मीना श्रेष्ठ दुलालले प्रेमी ब्रम्हदेव साहको सहयोगमा हत्या गरेको प्रहरीले बताएको हो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमानको किरिया बसेकी मीनासहित उनका प्रेमी ब्रम्हदेव साह र ब्रम्हदेवका साथी सोनु साहलाई पक्राउ गरेको छ । ब्रम्हदेव पछिल्लो समय विराटनगर बरगाछीको बुढाथोक...

कपिलवस्तु जेठ २० गतेसम्म सिल गर्ने निर्णय

कपिलवस्तु जेठ २० गतेसम्म सिल गर्ने निर्णय
कपिलवस्तु  जिल्लाका कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दो क्रममा रहेका कारण जिल्लालाई जेठ २० गतेसम्म पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको छ। जिल्ला सुरक्षा समितिको सोमबार दिउँसो बसेको बैठकले सरकारले घोषणा गरेको लकडाउनको समय जेठ २० गते राती १२ बजेसम्म जिल्ला शिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए। यस अवधिमा अति आवश्यकीय सवारी साधन बाहेक सबै सवारी साधनलाई पूर्ण र...

नेपालमा काेराेना संक्रमितकाे सख्या ३५७ पुग्याे

नेपालमा काेराेना संक्रमितकाे सख्या ३५७ पुग्याे
बाँके जिल्लामा मात्र ४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले बाँकेमा मात्र थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। बाँकेमा ४६ पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। उनका अनुसार बाँकेमा ४६ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ। भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना, मोरङको प्रादेशिक अस्पत...

नेपाली युवा दिवेश पोखरेल बने अमेरिकन आइडलको उपबिजेता

नेपाली युवा दिवेश पोखरेल बने अमेरिकन आइडलको उपबिजेता
नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको अमेरिकन आइडलको उप–विजेता बनेका छन् । उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन् । उनी अमेरिकाको स्टेजमा अर्थर गनको नामले चिनिदै आएका छन् । अमेरिकन आइडलको १८ औं सिजनकी बिजेता भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छ...

औषधि व्यवसायीको हत्यामा श्रीमती र प्रेमीको संलग्नता

औषधि व्यवसायीको हत्यामा श्रीमती र प्रेमीको संलग्नता
विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या उनकै श्रीमतिको योजनामा भएको प्रहरीले निश्कर्ष निकालेको छ । इटहरी–१२ खनार घर भई विराटनगर १० मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्ने दुलालको आइतबार बिहान शंकास्पद मृत्यु भएको थियो । ओछ्यामा बेहोस भेटिएको भन्दै उनकी श्रीमति मिना श्रेष्ठ दुलालसहितले कोशी अञ्चल अस्पतालमा लगेकोमा उनको मृत्यु भइसकेको थियो । मृतकको शरिर...