पहिलोपटक मानिसमा कोरोना भाइरसविरुद्धको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ ।

आठ जना स्वास्थ्य व्यक्तिमा पहिलो चरणमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गरिएको थियो ।

उत्पादक कम्पनी मोडर्नाका अनुसार परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ ।

कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो ।

यो खोप लगाएपछि रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको थियो ।

कम्पनीले छिट्टै दोस्रो चरणको परीक्षण सुरू गर्ने जनाएको छ ।

दोस्रो चरणमा ६०० जनामा खोप परीक्षण गरिनेछ ।

त्यसपछि जुलाइबाट सुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइनेछ ।

तपाईको प्रतिक्रिया